डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाले बृक्षारोपण अभियानको थालनी गरेको छ । नगरपालिकाले बृक्षारोपण दिवसको अवसर पारी शुक्रबार १० हजार सुन्तलाका विरुवा बितरण गरी बृक्षा रोपणको सुरुवात गरिएको परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशिले जानकारी दिनुभयो ।
यस जुन महिना भरी १४ हजार बरुवा बृक्षा रोपरण गरिने बताइएको छ ।
परशुराम नगरपालिका ‘नगर प्रमुख कृषि कार्यक्रम’ अन्तरगत नगरपालिका १२ वटै वडामा फलफुल खेती योग्य जमीन माटो परीक्षण गरी मौसम अनुकुल वातावरणमा हुर्कने बोट विरुवा वितरण गरिने उनि सुनाउछन् ।
परशुराम नगरपालिकाको कृषि उत्पादनमा बृद्धि विकास र कृषिबाट आत्मनिर्भर पालिका बनाउन नगर प्रमुख कृषि कार्यक्रमका साथै आगामी दिनमा कृषि उत्पादनमा बृद्धि, विकास, विस्तार र प्रवर्धनलाई लक्षित गर्दै युवा/युवतीहरुलाई लक्षित, महिला उद्यमशिलता उत्पादन कृषि कार्यक्रम लाई ‘एक घर एक करेसाबारी’ ताजा फलफूल तरकारी खेतीमा बिषेश जोड दिदैँ अगाडी बढ्ने नगर प्रमुख जोशीले बताएका छन् ।