डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिमा महिलाहरुका लागि सञ्चालित १५ दिने कुशन डल बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ ।परशुराम नगरपालिकाकी नगर उपप्रमुख बिमला कुमारी बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि कबिता धामीले मन्तब्य राख्दै कुशन बनाउन सिकेकोमा खुसी व्यक्त गरिन् ।
उनले आगामी दिनमा कुशन बनाउने कामलाई व्यवसायिक रुपमा अगाडि बढाउने प्रतिबद्धता गरिन् । कार्यक्रममा बोल्दै परशुराम नगरपालिकाकी प्रशासकीय अधिकृत कल्पना भट्टले महिलाहरुका लागि प्रदान गरेको सिपमूलक तालिमबाट आयआर्जन गर्न सुझाव दिइन् ।
उनले सिकेको सिपलाई व्यवहारिक रुपमा लागु गरेमा नगरपालिकाले थप कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताइन्।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख बिमला कुमारी बोहराले ‘शिपले आत्मनिर्भर बनाउने भन्दै सिपको सहि सदुपयोग गरी आत्मनिर्भर बन्न अनुरोध गरिन् ।’
१० जना सहभागि रहेको तालिममा सहजिकरण महिला तथा बालबालिका शाखा प्रमुख बबिता थापाले गरेकी थिइन् । तालिममा सहभागी शिकारुलाई मनिसा ओझाले प्रशिक्षण गरेकी थिइन् । असार ४ गते देखी संचाल भएको १५ दिने डल बनाउने तालिमको आज मंगलबार समापन गरिएको हो