दार्चुला – दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर ३ जना घाइते भएका छन्। मालिकार्जुन गाउँपालिका–७ पन्तलीमा भिरबाट खसेको ढुङ्गा लागेर तीन जना घाइते भएका हुन ।
घाइते हुनेमा स्थानीय ७१ वर्षीय गंगासिं धामी, १२ वर्षीया इश्वरी धामी र ९ वर्षीय आयुष धामी रहेका छन्।
इश्वरी र आयुषको अवस्था सामान्य रहेको र गंगालाई भने थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।