धनगढीः कैलालीको धनगढी र गोदावरीबाट झन्डै ६ लाखका भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।
धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर, धनगढी–३ ट्राफिक चौराहा र गोदावरी नगरपालिका–४ गोदावरीको सडक किनाराबाट भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य ५ लाख ७२ हजार ६ सय बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त मुल्य बराबरको सुट मोजा, चस्मा, लेडिज सुट, जे.सि.बि.कम्प्रेसर मेसिन, स्टिलको रेलिङ्गमा लगाउने फुल लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ।