• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

बेचन झालाई पक्राउ गर्ने डिआइजी मनोज केसीको सरूवा

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन १३, २०८१
0
बेचन झालाई पक्राउ गर्ने डिआइजी मनोज केसीको सरूवा

काठ्माण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झालाई पक्राउ गर्ने प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरिएको छ।

प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा रहेका केसीलाई दुई महिना नबित्दै त्यहाँबाट सरूवा गरिएको हो।

गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ। प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ।

मनोज केसी र राजन अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए। बढुवा हुनुअघि केसी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्नमा विशेष ब्युरोको भूमिका थियो। थापा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा हुन्। दुई जनालाई प्रहरीले असार १४ गते शुक्रबार पक्राउ गरेको थियो।

तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसमेत मुछिएको यस मुद्दाको अनुसन्धान गर्दा मनोज केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख थिए। उनकै नेतृत्वको टोलीले खाणलाई गत वर्ष वैशाख २७ गते काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो।

यसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता पक्राउ परेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दबाब परेको थियो। त्यति बेला प्रचण्ड कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्दै थिए। पछि कांग्रेसकै दबाबमा केसी र जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रमुख रहेका दानबहादुर कार्की (तत्कालीन समयमा एसएसपी) लाई भदौ ४ गते सरूवा गरिएको थियो।

केसीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा जिम्मेवारी तोकिएको थियो। त्यस्तै कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा गरिएको थियो। कार्की डिआइजीमा बढुवा भइसकेका छन् भने उनी सचिवालयमै छन्।

उनीहरू दुवै जनाले काठमाडौका प्रमुख अनुसन्धान गर्ने निकायमा सात महिना मात्रै काम गर्ने अवसर पाएका थिए।

२०७९ साल पुस २८ गते कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा र केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा दिइएको थियो।

 

सम्बन्धित Posts

डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
देश/राष्ट्रिय

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैशाख ११, २०८२
आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

बैशाख ११, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२
बोलेरो जीप दुर्घटनाः तीन जनाको मृत्यु, दुई जना घाइते
देश/राष्ट्रिय

स्कारपियो दुर्घटना हुदाँ महाकुम्भमा स्नान गरी फर्किरहेका चार नेपालीको मृत्यु

फाल्गुन १०, २०८१
बिल पास नगरेको भन्दै वडाध्यक्षले सचिव भकुरे
देश/राष्ट्रिय

बिल पास नगरेको भन्दै वडाध्यक्षले सचिव भकुरे

फाल्गुन ५, २०८१
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर घाइते
देश/राष्ट्रिय

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर घाइते

फाल्गुन ३, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग