डोटी । डोटीको बुडरमा एक पुरूष मृत फेला परेका छन ।
जोरायल गाउँपालिका वडा नम्बर २ मिलचौराई स्थित रेग्मी होटल नजिक स्थानिय ललिता भट्टराईले संचालन गर्दै आएको चिया पसलको एक कोठामा अन्दाजि ३५/४० बर्षिया पुरुष मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुडरका ईन्चार्ज नरेश चन्दले जानकारी दिनु भएको छ ।
मृतक पुरुषको पहिचान भने खुल्न सकेको छैन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।