डडेल्धुरा : आर्थिक अभावका कारण डडेल्धुराका एक जना क्यान्सर पिडितको उपचारमा समस्या भएको छ।
आर्थिक अभावले परशुराम नगरपालिका- ९ कुयापानिका ६१ बर्षिया देब कामीको उपचारमा समस्या भएको हो। । आन्द्राको क्यान्सरबाट पीडित ६१ वर्षीय कामीलाई बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालले यहि भाद्र ६ गते आन्द्राको क्यान्सर भएको पुस्टी गरेको थियो । अस्पतालले बिरामी कामी क्यान्सरको पहिलो चरणमा भएकाले भाद्र २९ गते भित्र अप्रेसन गर्न सके बिरामिमा सुधार आउन सक्ने बताएको छ ।
उनको उपचार गराईरहेकी छोरी कालु कुमारी कामीका अनुसार बुवा बिरामी भएपछी उनलाई धनगढीका विभिन्न अस्पतालहरूमा चेकजाँच गर्दा पनि स्वास्य्ममा सुधार नआएपछि चितवनको बि.पि. कोईराला क्यान्सर अस्पतालमा लगिएको बताईन् । त्याहाँ अस्पतालको रिपोर्टमा बुवालाई क्यान्सर देखिएको हो । डाक्टरले यतै बसेर थप उपचार गर्न सूझाए पनि आफुहरु संग पैसा नभएको कारण क्यान्सर पिडित वुवा लिएर घर फर्कीनु परेको छोरी कालुले बताईन । ‘बुवाको अप्रेसनको लागि डाक्टरले ३ देखी ४ लाख सम्म खर्च लाग्ने भनेका छन्, छोरी कालुले भनिन् ।’ उनले क्यान्सर पिडित वुवालाई बचाई दिन आर्थीक सहयोगको अपिल समेत गरेकि छिन् ।
यसरी गर्न सकिने छ सहयोग :
सम्पर्क नं. ९८०४६९३५८६, कालु कुमारी कामी (छोरी)
बैंकको नाम : Global IME Bank
खातावालाको नाम : Kalu Kumari Kami
खाता नं. : 01907010262897
QR Code