डडेल्धूराः डडेल्धुराको आलितालमा भगवान शिबको १५ फिट अग्लो मुर्ती अनावरण गरिएको छ ।
बुडर-जोग्बुडा सडक खण्ड अन्तरगत जिल्लाको आलिताल गाउँपालिका – ८ मा रहेको स्यालचौडी मन्दिरमा भगवान शिबको मुर्ती अनावरण गरिएको हो ।
हरितालिका तिजको अवसर पारी हिजो शुक्रबार एक कार्यक्रमका बिच मुर्तिमा विधिपूर्वक प्राणप्रतिष्ठापन गरिएको हो । उक्तमुर्ती राष्ट्रिय शिरोमणी मुर्तीकार महेन्द्र पुनले व्यक्तिगत तर्फबाट दान गरेका हुन् ।