डडेल्धुराः संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा आलिताल गाउँपालिकाले आयोजना गरेको माबि स्तरिय निबन्ध लेखन प्रतियोगितामा दुर्गा माध्यमिक विद्यालय आलिताल– ८ डोलाकी छात्रा प्रथम भएकी छिन् ।
“संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१” नामक शिर्षकको निबन्ध लेखन प्रतियोगितामा दुर्गा मावि आलितालमा कक्षा १२ मा अध्ययनरत छात्रा पुष्पा कलौनी प्रथम भएकी हुन् ।
सरस्वती मावि आलिताल – ५ भित्रिसैनका छात्र प्रकाश देउबा दोस्रो र श्यलचौडी मावि चौड बण्डालेका छात्रा शर्मीला थापामगरले तेस्रो स्थान हासिल गरेको पालिकाले जनाएको छ । उनिहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरुस्कार समेत वितरण गरिएको छ ।