डडेल्धुराः धर्मेन्द्र बास्तोला निकट नेकपा (बहुमत) निकट क्रन्तिकारी युबा संगठन नेपाल डडेल्धुरा जिल्ला समितिको बिस्तारित बैठक सम्पन्न भएको छ ।आज बिहिबार संगठनका जिल्ला संयोजक कमल बुढाको अध्यक्षतामा बैठक सम्पन्न भएको बताइएको छ । बैठकले लघुबित्त लगायत अन्य बिकृती बुरुद्ध संघर्ष गर्ने निर्णय गरेको संयोजक कमल बुढाले जनाएका छन्। बैठक आलितल परिसरमा सम्पन्न भएको उनले बताएका छन् ।
बैठकले १७ सदस्यिय जिल्ला समिति चयन गरेको छ । बैठकमा सहभागिले आलिताल परिसर सरसफाई समेत गरेका थिए ।