डडेल्धुराः धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी बहुमतको निसानामा वित्तिय संस्थाहरु रहेको खुलेको छ ।
उक्त पार्टी निकट क्रान्तिकारी युवा संगठन नेपाल डडेल्धुराले आज मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै वित्तिय संस्थाहरुको ज्यदती विरुद्ध कडा संघर्ष गर्ने जनाएको छ ।
संगठनका संयोजक कमलेशद्वारा हस्ताक्षरित उक्त वक्तव्यमा लघुवित्तहरुले किस्ता हाल्न नसकेकै कारण अनावश्यक दुख दिएको, वित्तिय संस्थाहरुले असुलिका नाममा एकल महिलाहरु गरगहना लुछेर ल्याउने, घरमा भएका गाई,भैँसी र बाख्रा लगायतका समानहरु उठाएर ल्याउने, मानव अधिकार हनन् हुने गरि समाजीकरुपमा बेइज्जत गराउने जस्ता खालका गम्भिर आरोपहरु लगाउदैँ यस्ता हर्कत नदोहर्याउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेको छ ।
वक्तव्यमा पार्टीको निसानामा रहेका वित्तिय संस्थाहरुको नाम समेत सार्वजनिक गरेको छ । जसमा छिमेकी लघुबित्त वित्तिय संस्था लिमिटेड, मिरमिरे नेरुडु लघुवित्त वित्तिय संस्था लिमिटेड, किसान माक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेड, फर्वाड माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्ता लिमिटेड र खप्तड लघुवित्त वित्तिय संस्था लिमिटेड गरी ६ वटा वित्तिय संस्थाहरु नाम सार्वजनिक गरेको छ ।
उक्त संस्थृाहरु बिरुद्ध कडा संघर्ष गर्ने बताईएको छ ।
वक्तव्यः