डोटीः डोटीमा जिप दुर्घटना भएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ धारापानिमा मंगलबार साझ ७ः२० बजे तिर जिप दुर्घटना भएको हो ।
डोटीको बुडरबाट कैलालीको धनगढी तर्फ जादै गरेको से १ ज २७२ नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ । जिपमा चालक सहित ३ जना सवार रहेको प्रहरीले जनाएको छ । ति मध्ये कैलाली जिल्ला चुरे गाउँपालिका वडा नम्बर ६ का ३२ बर्षिया जिप चालक मान बहादुर थापाको कम्मर र पाखुरामा चोट लागेको र उनको अवस्था अहिले सामान्य रहेको छ ।
चुरे गाउँपालिका वडा नम्बर ६ मा बस्ने बर्ष ३४ का बल बहादुर थापाको टाउकोमा र सोही वडामा बस्ने अन्दाजी २८/२९ बर्षिया प्रेम बहादुर थापाको छातिमा चोट लागेको छ । उनिहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । अहिले तिनै जनालाई उपचारको लागी धनगढि तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।