डडेल्धुराः डडेल्धुराको परशुराममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
परशुराम नगरपालिका वडा नम्बर ४ कटालका प्रकाश बोहराकी श्रीमती अन्दाजि ३५/३६ बर्षिया कलावती बोहरा परशुराम-४ बोरेखोला स्थित मंगलबार साँझ करिब ६ः ३० बजे तिर घाँस काट्ने क्रममा खनियाको रुखबाट खसेर घाईते भएकी थिईन् । बोहराको उपचारका क्रममा जोगबुडा अस्पतालमा मृत्यु भएको हो ।
अस्पताल प्रशासनले ८ बजेर ५ मिनेटमा बोहरालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमले जानकारी दिएका छन् । उनको शब पोस्टमार्टमको लागी जोगबुडा अस्पतालमा राखिएको छ ।