डडेल्डधुराः डडेल्धुराको आलितालमा माटो परिक्षण शिविर सम्पन्न भएको छ ।
आलिताल गाउँपालिकासँगको समन्वय र वहुउदेश्यिय विकाश सामाज डडेल्धुराको आयोजनामा एक दिने घुम्ती माटो परिक्षण शिविर संचालन भएको हो । किसानहरुलाई माटोको उत्पादन र माटोको क्षमता तथा माटो अनुकुल कृषिवाली लागाउने बारे जानकारी एवम् परामर्श दिने उदेस्यले शिविर संचालन गरिएको एमपिडिएस डडेल्धुराका परियोजना संयोजक शिबराज पाठकले जानकारी दिनु भयो ।
हाललाई संस्थाको परियोजना पालिकाको वडा नम्बर ३ मा लागु भएकोले सोहि ठाउँका ४८ जना किसानको बारीको करीव २६० बढी माटोको नमुना संकलन गरी परिक्षण गरिएको पाठकले बताएका छन् । उनले आगामी दिनमा पालिकासँगको समन्वयमा अन्य क्षेत्रमा पनि घुम्मी माटो शिबिर संचालन गरिने जानकारी समेत दिएका छन् ।
माटो परिक्षण शिबिर टोली प्रमुख एवम् माटो तथा मल परिक्षण प्रयोगशाला सुन्दरपुर, कंचनपुरका अधीकृत दल बहादुर खड्काका अनुसार आलिताल गाउँपालिका वडा नम्बर ३ का किसानको बारीको माटो परिक्षण गर्दा अधिकांश परिक्षणमा माटोमा हल्का अम्लिए तटस्थ र कृषि चुन किसिमको गुण देखिएको बताए । उनले माटोको उक्त गुण अनुसार किसानहरुलाई तरकारीजन्य खेतिहरुको लागि उपयोग गर्न सुझाव समेत दिएका छन् ।