डडेल्धुराः सुदूरपश्चिम प्रदेशस्तरीय हाप्किडो सेमिनार डडेल्धुराको आलितालमा सुरु भएको छ । नेपाल हाप्किडो संघ र सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा आज शुक्रबार देखि सुरु भएको हो । आजबाट आलिताल गाउँपालिकाको सभाहलमा सुरु भएको सेमिनार भोलि शनिबार सम्म चल्ने नेपाल हाप्किडो संघका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक राजेन्द्र मडैले जानकारी दिए । सेमिनारका प्रमुख अथिती आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले ब्यानर बाचन गरेर उद्घाटन गरेका थिए ।
नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष ग्राण्ड मास्टर काली बहादुर घर्ती मगर बिशिष्ट अथिती रहेको उक्त कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रशिक्षक खिम पुन मगर र केन्द्रिय सदस्य मो. मोहसिन हलुवाईको पनि उपस्थिती रहनेछ ।
सुदूरपश्चिम प्रदेशस्तरीय सेमिनारमा सुदूरपश्चिमका विभिन्न जिल्लाका १०० भन्दा बढी ब्ल्याक बेल्ट तहका सिनियर खेलाडीहरुको सहभागीता रहेको छ ।
प्रशिक्षकहरुको ज्ञान, कला, सीप र नेतृत्व विकासको लागि संघले सातै प्रदेशहरुमा सेमिनारको आयोजना गरिरहेको छ ।