डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाको ११ औं नगर स्थापना दिवस समारोहमा लोक तथा डेउडा गायक चक्र बम, गायिका इब्सल सन्ज्याल र गायक महेन्द्र राम पार्कीको प्रस्तुती रहने भएको छ ।
नगरपालिकाले यहि मंसिर १६ गते मनाउन लागेको आफ्नो ११ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा गायक बम र गायिका सन्ज्याललाई साँस्कृतिक प्रस्तुतीको लागी बोलाउने भएको हो ।
नगरपालिकाले आफ्नो स्थापना दिवसमा साँस्कृतिक कार्यक्रम सहित जेष्ठ नगरीक सम्मान, परशुराम आइकन सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान, परशुराम महिमा वर्णन, दौडिन्छ परशुराम कार्यक्रम, उत्कृष्ट करदाता सम्मान, पुर्व स्थानीय सरकार प्रमुख सम्मान र नगर भिडियो प्रदर्शनी लगायतका बिभिन्न कार्यक्रम सहित आगामी आइतबार परशुराम- १२ स्थित जोगबुडा बसपार्कमा मनाउने कार्यक्रम रहेको नगर प्रमुख भरत जोशीले जनाएका छन् ।