डडेल्धुराः डडेल्धुराको आलितालमा भएको अन्तर पालिका स्तरिय वक्तिृत्वकला प्रतियोगितामा भागेश्वर माध्यमिक विद्यालयकी तिर्था माल प्रथम भएकी छीन् । उनि कक्षा ९ मा अध्यनरत छात्रा हुन् ।
आज डिसेम्बर ११ अर्थात अन्तराष्ट्रिय पर्वत दिवसको अवसरमा आलिताल गाँउपालिका, आक्सफाम नेपाल र रुदुक डडेल्धुराको संयुक्त आयोजनामा भएको “चुरे संरक्षण गर्नु भनेको, हाम्रो पानी संरक्षण गर्नु हो” बिषयक वक्तृत्वकला प्रतियोगितामा सहभागि अन्य ६ जनालाई पछि पर्दै माल प्रथम भएकी हुन् । प्रतियोगितामा उणिकोट मावि आलिताल- १ बाट स्मृती साँउद, रामपुर मावि जोराुय गाउँपालिका-२, बुडरबाट भावना बोहरा, गौरीशंकर मावि आलिताल- ७ बाट खगि रावल, शैलेश्वरी मावि परशुराम-१२ बाट गौतम नाथ, भागेश्वर मावि परशुराम- ४, कटालबाट तिर्था माल, कृष्णकालिका मावि आलिताल- ४ घरेलुबाट दिपेश धामी, दुर्गा मावि आलिताल-८, डोलाबाट रबिना बोहराले सहभागिता जनाएका थिए ।
प्रथम स्थान मालले हासिल गरेसँगै द्वितियमा भावना बोहरा, तृतियमा रबिना बोहरा र चौंथोमा दिपेश धामीले स्थान ओगटेका छन् । विजेता उनिहरुले प्रथम पुरस्कार क्रमशः ५ हजार, ४ हजार, ३ हजार र सान्तोना पुरस्कार १ हजार ५ सय नगत प्राप्त गरेका छन् ।