डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ३ चौड, बण्डले बस्ने कृष्ण धामीकी ४३ बर्षिया श्रीमती गौरा देवी धामीको शुक्रबार भिरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकै घाँस काट्ने क्रममा जुकापानी भिरबाट लडेर करिब ५० मिटर तल खसेर घाईते भएकी धामीको परशुराम-१२ स्थित जोगबुडा अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।