कैलाली : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पाल्पा जिल्ला समितिको बैठक सम्पन्न भएको छ । बैठकले पार्टी केन्द्रको हालै सम्पन्न १२औं केन्द्रीय समितिको बैठकले गरेका निर्यण जिल्लामा पनि दृढतापूर्वक कार्यावन्यन गर्ने निर्यण गरेको छ ।
बैठकले राष्ट्रघाति अमेरिकी एमसीसी विरुद्ध जनसंघर्ष संचालन गर्ने समेत निर्यण गरेको छ । पाल्पा जिल्लामा एमसीसीको क्षेत्रीय कार्यालय रहेको छ । यसैकारणले विप्लव नेकपाले पाल्पामा केन्द्रविन्दु बनाएर संघर्षका कार्यक्रम गर्दै आएको छ ।
पाल्पा जिल्लाको पार्टी बैठकमा लिइने निणर्य र संघर्षका कार्यक्रमले देशवयापीरुपमा प्रभाव पार्ने गरेको छ । यसअघि पनि संसदबाट एमसीसी पास नगर्न दवाव दिने उद्धेश्यले सो पार्टीले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ ।
उक्त बैठकले गरेको निर्यणको विज्ञप्ति जस्ताको त्यस्तै दिइएको छ ।
यहि मिति २०७८ चैत्र २२ गते नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति पाल्पाको प्रथम पूणर् बैठक जिल्ला सचिव नेपालको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड विषमको विषेश उपस्थितिमा बस्यो ।
बैठकले लिएका महत्वपूर्ण निर्यणहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरियो :
१) बैठकको आरम्भमा वर्गीय आन्दोलनमा सहादत प्राप्त गर्ने महान वीर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरियो । साथै वेपत्ता योद्धाहरूप्रति सम्मान गरियो । जेलमा बन्दी जीवन बिताइरहनु भएका कमरेडहरुलाई सम्मान गर्दै धैर्यधारण गर्न अनुरोध गरियो ।
२) चैत २४ गते जनआन्दोलन दिवसको अवसरमा महङ्गी विरुद्ध जनप्रदर्शन गर्ने ।
३) राष्ट्रघाती र राष्ट्रवादीबिचको ध्रुविकरणमा व्यापक जोड दिंदै राष्ट्रवादीहरुको संयुक्त मोर्चा निर्माण गर्ने ।
४) राष्ट्रघाति एमसीसी सम्झौता विरूद्द जनसंघर्ष संञ्चालन गर्ने ।
५) दलाल संसदीय व्यवस्थाको व्यापक भण्डाफोर गर्दै ‘एक टोल, एक भन्डाफोर’ अभियान संचालन गर्ने ।
६) दलाल संसदीय व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहका लागि जनमत संकलन गर्ने ।
७) संसदीय व्यवस्थाद्धारा गरिने स्थानीय चुनावमा राष्ट्रवादी, स्वतन्त्र उमेदवार, बौद्धिक व्यक्तित्व, दलित, महिला, जनजाति, स्वच्छ छवि भएका व्यक्तिहरुलाई सहयोग गर्ने ।
८) राष्ट्रघाति एमसीसी प्रयोजनका लागि पाल्पा जिल्लाका कुनै पनि जनसमुदायहरुले घरजग्गा जमिन विक्री वितरण र भाडा नदिन अनुरोध गर्दछौं ।
९) भ्रष्टाचार, राष्ट्रघाती, जनघाती साथै सामाजिक अपराधीहरुलाई जनकारवाही गर्ने ।