• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

पोखरामाथि सुदूरपश्चिमको सानदार जित

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
मंसिर ३०, २०८१
0
शुदूरपश्चिम सहित नेपाल प्रिमियर लिगमा आज पनि दुई खेल हुँदै

धनगढीः  नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको अन्तिम खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग पाँच रनले पराजित भएको छ। यो खेल जितेसँगै सुदूरुपश्चिमले क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा  विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो। जितसँगै सुदूरपश्चिम ६ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले लिगचरणको अन्तिम खेल मंगलवार कर्णाली याक्ससँग खेल्ने छ। पोखरा भने सात खेलबाट ६ अंकसहित प्रतियोगिता सक्काएको छ।

जनकपुर बोल्ड्स १० अंकसहित दोस्रो स्थानमा रहँदा चितवन राइनोज, कर्णाली र काठमाडौं गुर्खाजको समान आठ अंक छ। सुदूरका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले एक मेडन लिँदै १८ रन खर्चिए। हर्मित सिंहले ३ र सैफ जैबले १ विकेट लिए। पहिलो पावर प्लेमै ओपनर दिनेश खरेल, कप्तान कुशल भुर्तेल र दिलिप नाथलाई पोखराले गुमाएको थियो।

दिनेश १५, कुशल शून्य र दिलिप एक रनमा आउट भएपछि पोखरा दबाबमा परेको थियो। पावर प्ले सकिएको अर्को ओभरमा सानदार ब्याटिङ गरिरहेका ओपनर आन्द्रेस गौउस पनि ३६ रनमा सैफ जैबको बलमा आरिफ शेखबाट क्याच आउट भए। २१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।

त्यसपछि जेन मलिक १० रनमा आउट हुँदा पोखरा १०.१ मा ५–६९ को स्थितिमा थियो। तर, रेइफर र किरण ठगुन्नाले छैटौं विकेटका लागि ७० रनको विशाल साझेदारी गर्दै पोखरालाई खेलमा फर्काउने प्रयास गरे। यद्यपि, रेफइर १८.१ ओभरमा हर्मित सिंहको बललाई छक्का प्रहार गर्ने धुनमा नरेन साउदबाट बाउन्ड्री लाइन नजिकबाट क्याच आउट भए।२८ बल खेलेका उनले समान दुई चौका र छक्कासहित ३३ रनको योगदान दिए। त्यसपछि आएका माइकल लिस्क पाँच र किरण ठगुन्ना पनि ३२ रनमा पभिलियन फर्किएपछि सुदूरपश्चिमले खेलमा पुनरागमन ग¥यो। सुदीप अर्याल र विपिन खत्री शून्य रनमा आउट भए।

सम्बन्धित Posts

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल
खेलकुद

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

अशोज ३१, २०८२
आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए
खेलकुद

आइपीएलमा पैसाको बर्षा, १३ बर्षिया खेलाडी वैभव सुर्यबंशीले कार पाए

जेष्ठ २१, २०८२
पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन
खेलकुद

पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

जेष्ठ २०, २०८२
अत्तरिया विरुद्ध १५ रन बनाएर आउट भए दीपेन्द्र ऐरी
खेलकुद

अत्तरिया विरुद्ध १५ रन बनाएर आउट भए दीपेन्द्र ऐरी

माघ २७, २०८१
सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक
खेलकुद

सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक

पुस ६, २०८१
एनपिएलः कारका दाबेदार दीपेन्द्रसिंह ऐरी
खेलकुद

एनपिएलः कारका दाबेदार दीपेन्द्रसिंह ऐरी

पुस ६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग