काठ्माण्डौः यस वर्षको दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि पश्चिम नेपालमा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंसिर २६ गते यता देशका कुनै पनि केन्द्रमा पानी परेको छैन।
मौसमविद् विनोद पोखरेलले पनि दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा हुने सम्भावना औंल्याएका छन्। यो वर्षा पनि हल्का हुने र मुख्यतया पहाडी र हिमाली भेगमा मात्र हुने सम्भावना रहेको उनको भनाइ छ।
‘कर्णालीमा राम्रो वर्षा र सुदूरपश्चिममा हल्का वर्षा हुने देखिए पनि अन्य प्रदेशमा भने छिटपुट वर्षा र बदली मात्र हुनेछ,’ उनले भनेका छन्।
महाशाखाको नियमित बुलेटिनमा सोमबार हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिमकै तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले बताएको छ
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको पनि महाशाखाले बताएको छ।