डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका- ३ ले प्रत्येक हप्ताको आइतबार र सोमबार पालिकाको कार्यालयमा अस्थायी कार्यालय स्थापना गरी सेवा दिइरहेको छ ।
आलिताल गाउँपालिका वडा नम्बर ३ को वडा समितिको बैठकले वडाको तल्लोक्षेत्रका सेवाग्राहीलाई सेवा प्रवाह गर्नका लागि प्रत्येक हप्ताको दुई दिन आइतबार र सोमबार आलिताल गाउँपालिकाको कार्यालयमा सम्पर्क कार्यालय स्थापना गरीसेवा प्रवाह गरिरहेको वडा सचिव प्रकाश बहादुर पुनले बताएका छन् ।
वडा कार्यालय सम्म पुग्न टाढा भएका टोलहरु किमोडी, धातडी, तुङ्गा, रक्सौन, डडेल्ले, धारीतोला, नवलपुर, नयाँ गाँउ, गोरिया, बुडुम, भुगडा, बेतन्ना, चनला र पड्यामका स्थानियहरुले वडाको सम्पर्क कार्यालयबाट सेवा लिईरहेको सचिव पुनले बताए ।
वडा कार्यालयको यस कदमले आफुहरुलाई सहज भईरहेको स्थानिय बताउछन् ।