डडेल्धुरा: डडेल्धुराको आलितालका एक युवकको सडक दुर्घटनामा परि भारतको ब्याङलोरमा मृत्यु भएको छ ।
जिल्लाको आलिताल गाउँपलिका वडा नम्बर ३, डडेल्ले बस्ने बिर बहादुर परियारका २१ बर्षिया छोरा राम बहादुर परियारको ब्याङलोरमा मोटरसाइकल दुर्घघटना मृत्यु भएको हो ।
आइतबार साझ ५ बजे तिर ब्याङलोरको इन्द्रा नगर स्थित परियार आफैले चढेको मोटरसाइकल अनियन्त्रित भइ रोकिरहेको बोलेरो जिपमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परि घाइते भएका परियारलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको उनका दाजु अर्जुन परियारले बताए ।