• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

मन्दिरको दानपेटीमा खसेको आइफोन भगवानको सम्पत्ति भएको भन्दै गरिएन फिर्ता

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस ८, २०८१
0
मन्दिरको दानपेटीमा खसेको आइफोन भगवानको सम्पत्ति भएको भन्दै गरिएन फिर्ता

काठमाडाैं– भक्तहरूले सामान्यतया स्वेच्छाले दान गर्छन् । तर भारतकाे तमिलनाडुको एक मन्दिरमा दान गर्ने क्रममा एक व्यक्तिले गल्तीले आफ्नो आइफोन मन्दिरको दान पेटीमा खसालेको सन्दर्भमा एउटा चकित पार्ने घटना बाहिर आएको छ । उनले आइफोन फिर्ता लिन चाहे, तर मन्दिर प्रशासनले यो अब भगवानको सम्पत्ति भएको बतायाे ।

सन् १९७५ को एउटा नियम अनुसार दान पेटीमा दिइएको दान कसैलाई पनि फिर्ता गर्न पाइँदैन । मन्दिरका अधिकारीहरूले फोनलाई दानको रूपमा लिइएको र आइफोनको मालिकले अब डाटा मात्रै प्राप्त गर्न सक्ने बताए ।

यो घटना तिरुपुरको श्री कंदस्वामी मन्दिरको हो, जहाँ दिनेश नामका व्यक्तिले दान दिने क्रममा आफ्नो आइफोन गल्तीले खसालेका थिए । यो थाहा पाएपछि, उनले मन्दिरका अधिकारीहरूलाई सम्पर्क गरे र आफ्नो आइफोन फिर्ता गर्न अनुरोध गरे । तर, आइफोन फिर्ता गरिएन ।

शनिबार राज्यमन्त्री पीके शेखरबाबुलाई  यो कुरा ध्यानाकर्षण गराएपछि उनले दानपेटीमा जे दियो त्यो भुलवश दिएपनि भगवानको सम्पत्ति हुने बताए । मन्त्रीले नियमअनुसार मन्दिर प्रशासनले भक्तजनलाई प्रसाद वा चन्दा फिर्ता गर्न नपाउने बताए । यद्यपी उनले भक्तजनलाई क्षतिपूर्ति दिने सम्भावनाबारे विभागका अधिकारीसँग छलफल गरी उपयुक्त निर्णय गर्ने बताए ।

यो घटना राज्यमा पहिलोपटक भने होइन । एक वरिष्ठ अधिकारीका अनुसार केरलाको अलाप्पुझाका भक्त एस. संगीताले सन् २०२३ को मे महिनामा पलानीस्थित प्रख्यात श्री धनदायुथापानी स्वामी मन्दिरको दानपेटीमा अनजानमा आफ्नो सुनको चेन  फ्याँकिन् ।  सीसीटीभी फुटेजबाट चेन संयोगवश खसेको पुष्टि भएपछि मन्दिर बोर्डका अध्यक्षले आफ्नो व्यक्तिगत खर्चमा सोही मूल्यको नयाँ सुनको चेन किनेर उनलाई दिएका थिए ।

सम्बन्धित Posts

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता
अन्तराष्ट्रिय

उत्तराखण्डमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

भदौ १८, २०८२
१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा
अन्तराष्ट्रिय

१३ वर्षीय विद्यार्थीलाई भगाएर लगेकी शिक्षिका पक्राउ, गर्भवती रहेको खुलासा

बैशाख १९, २०८२
भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो
अन्तराष्ट्रिय

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

बैशाख १९, २०८२
भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा
अन्तराष्ट्रिय

भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा

बैशाख १९, २०८२
जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु
अन्तराष्ट्रिय

जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु

बैशाख १०, २०८२
यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा
अन्तराष्ट्रिय

शारीरिक सम्बन्ध राख्न पत्नीले पैसा मागेपछि प्रहरीमा पुग्यो विवाद

चैत्र ८, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग