धनगढी- कैलालीको अत्तरिया स्थित पदमा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई कारवाही गर्न सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइएको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएको हो ।
अस्पतालमा भएको घटनाका बिषयमा संवेदनशिल भएर कडाइका साथ अगाडी बढ्न र घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन एशोसियशनका सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीसहितको नेतृत्वको टोलीले ज्ञापनपत्रमा बुझाएको हो ।
देशमा स्वास्थ्य सम्बन्धि नियम कानून स्पष्ट लेखिएको छ तर बिडम्बना यसको कार्यान्वयन पइा फितलो भएको अनुभव हामीलाई भइरहेको छ, ज्ञापनपत्रमा भनिएको छ । आफ्नो स्वास्थ्यकर्मीहरु माथिको दुव्र्यवहार, अराजक तत्वहरुलाई संरक्षण दिने, सुरक्षाकर्मीहरुलाई अधिकार नदिइ संकोचित पारिने आर्थिक लेनदेन गराई समस्याहरुलाई ट्ंगो लगाउन हामीलाई बाध्य पारिने गरेको छ, ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै आक्रमण गर्ने, तोडफोड गर्नेहरुलाई समयमा नै कानुनको दायरमा ल्याई सजाय दिने होइन भने अझै तिनका मनोबल बढ्ने बताइएको छ । दोषीलाई यथाशिघ्र कानूनी दायरामा ल्याउन माग गरिएको छ ।