धनगढी । धनगढीबाट खैरो हेरोइनसहित एक किशोरलाई पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ लब्ली चोकबाट सोही ठाउँ बस्ने १९ वर्षीय कृष बम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बमलाई ७५० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।