मोरङ : मोरङको जहदा गाँउपालिकामा एक महिला अचेत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले मंगलबार बिहान गाउँपालिका– ३ जयरामपुरकी २३ वर्षीया महिला अचेत अवस्थामा फेला परेको जानकारी दिए।
माइतीबाट बिहान निस्किएकी महिलालाई स्थानीयले बाँसको झ्याङमा मुखमा कपडा बेरेको र हातखुट्टा बाँधेको अवस्थामा फेला गरेका थिए।
प्रहरीले घटनाबारे जानकारी पाएसँगै महिलाको उद्धार गरी कोशी अस्पतालमा भर्ना गराएको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिए।
उनले भने, ‘खेतनजिकको बाँसको झ्याङमा महिलालाई अचेत अवस्थामा फेला पारेका हौँ। अहिले अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। घटनाबारे अनुसन्धानमा टोली खटिएको छ।’
परिवारका सदस्यका अनुसार बिहान महिलाले बाँस झ्याङबाट खेतमा पुगेका मानिसहरुलाई हातले इसारा गरेर उद्धारका लागि आग्रह गरेकी थिइन्। सोही क्रममा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरेका थिए।