महोत्तरी: महोत्तरीमा स्यालको आक्रमणबाट ६ जना घाइते भएका छन् । गौशाला ११ लक्ष्मिनियामा खेतमा काम गरी घर फर्किँदै गरेका स्थानीय स्यालको आक्रमणबाट घाइते भएका महोत्तरी प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ५० वर्षीया मनमाया पोखरेल, ७० वर्षीया मतिदेवी, २७ वर्षीया ललिता शर्मा, ४५ वर्षीया निलम देवी शाह, १९ वर्षीय रोशन यादव र वर्ष नखुलेका रामचन्द्र यादव रहेका महोत्तरी प्रहरी प्रवक्ता डीएसपी सन्तुलालप्रसाद जयसवालले जानकारी दिए ।
घाइतेहरुको लक्ष्मिनिया स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जनकपुर प्रादेशिक अस्पताल पठाइएको लक्ष्मीनिया स्वास्थ्य चौकीले जनाएको छ ।