• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

बैतडीमा धानबाली क्षतिको राहत रकम लिन किसान आएनन्

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २४, २०७८
0
बैतडीमा धानबाली क्षतिको राहत रकम लिन किसान आएनन्

बैतडी – गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको बेमौसमी वर्षाका कारण भएको क्षतिको राहत रकम दिन कोही आएका छैनन् । बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको रकम बुझ्न जिल्ला प्रशासनका कोही पनि किसानले निवेदन दिएका छैनन् ।

संघीय सरकारले धानबालीमा पुगेको क्षतिपछि राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई दिने भनेको थियो । सरकारले राहत वितरण गर्न भने पनि हालसम्म किसानहरूको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

बैतडीमा ८ लाख रूपियाँ राहतस्वरूप आएको छ । उनले भने– ‘राहत रकमका लागि निवेदन दिन भनेका छौं । हालसम्म एकजना किसानबाहेक अरू आएका छैनन्, राहत रकम लैजान भनेर हामीले सूचनासमेत जारी गरिसकेका छौं ।’ बेमौसमी वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरेर १७६ किसानको धानबालीमा क्षति गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच धानबालीमा क्षति पुगेका किसानहरूलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । संघीय सरकारले धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको हो । ‘धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत उपलब्ध गराउने कार्यविधि–२०७८’ अनुसार पीडित किसानहरूलाई राहत उपलब्ध गराइने भएकोले निवेदन दिन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए ।

राहतका लागि निवेदन दिनेहरूले १० रूपियाँको टिकेट टाँसेको निवेदनका साथै वडा मुचुल्का र वडा सिफारिस राख्नुपर्नेछ । यस्तै, प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञान केन्द्र बैतडीको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसँगै राख्नुपर्ने जनाइएको छ ।

बेमौसमी वर्षाका कारण यहाँ ४ जनाको मृत्युसमेत भएको थियो । मृतकका परिवारलाई संघीय सरकारले यसअघि नै २ लाखका दरले राहत रकम दिइसकेको छ ।बैतडी ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको बेमौसमी वर्षाका कारण भएको क्षतिको राहत रकम दिन कोही आएका छैनन् । बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको रकम बुझ्न जिल्ला प्रशासनका कोही पनि किसानले निवेदन दिएका छैनन् ।

संघीय सरकारले धानबालीमा पुगेको क्षतिपछि राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई दिने भनेको थियो । सरकारले राहत वितरण गर्न भने पनि हालसम्म किसानहरूको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

बैतडीमा ८ लाख रूपियाँ राहतस्वरूप आएको छ । उहाँले भन्नुभयो – ‘राहत रकमका लागि निवेदन दिन भनेका छौं । हालसम्म एकजना किसानबाहेक अरू आएका छैनन्, राहत रकम लैजान भनेर हामीले सूचनासमेत जारी गरिसकेका छौं ।’ बेमौसमी वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरेर १७६ किसानको धानबालीमा क्षति गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच धानबालीमा क्षति पुगेका किसानहरूलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । संघीय सरकारले धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको हो । ‘धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत उपलब्ध गराउने कार्यविधि–२०७८’ अनुसार पीडित किसानहरूलाई राहत उपलब्ध गराइने भएकोले निवेदन दिन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताउनुभयो ।

राहतका लागि निवेदन दिनेहरूले १० रूपियाँको टिकेट टाँसेको निवेदनका साथै वडा मुचुल्का र वडा सिफारिस राख्नुपर्नेछ । यस्तै, प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञान केन्द्र बैतडीको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसँगै राख्नुपर्ने जनाइएको छ ।

बेमौसमी वर्षाका कारण यहाँ ४ जनाको मृत्युसमेत भएको थियो । मृतकका परिवारलाई संघीय सरकारले यसअघि नै २ लाखका दरले राहत रकम दिइसकेको छ ।

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग