डडेल्धुरा: डडेल्धुरा आलितालको एक वडाले विद्यालयमा विद्यार्थी पोषाक र किसानलाई पोलिहाउस वितरण गरिएको छ ।
आलिताल गाँउपालिका वडा नम्बर ८ को कार्यालयले शिबलिङ्ग प्राथमिक विद्यालय आलिताल-८ सिस्नेका ३२ जना छात्ररछात्रा र समैजी आधारभुत विद्यालय आलिताल-८ कुर्जेनीका १२५ जना विद्यार्थीलाई एक कार्यक्रमका बिच विद्यार्थी पोषाक बितरण गरेको हो ।
पोषाक बितण कार्यक्रममा बोल्दै वडा अध्यक्ष देउवाले ‘अभावमा पढाइमा वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताउनुभयो। विद्यालयमा अध्ययनका लागि आउने छात्रछात्राहरू समान भएको देखाउने विद्यालय पोसाक भएको बताउनुहुँदै’ वडा अध्यक्ष देउवाले भन्नुभयो, विद्यालयमा जात, जाति, धनी वा गरिब कोही नभई अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थी भएकोले सो को अनुभूति पोषाकले नै गर्ने कारण यो वितरण गरिएको हो ।’
उहाँले वडाले विद्यालय पोषाक मात्रै नभई गुणस्तरीय शिक्षा, खेलकुदको उचित प्रबन्ध समेत विद्यार्थीहरूको लागि गर्नुपर्ने चर्चा गर्नुका साथै अभिभावकहरूलाई समेत विद्यालयमा आएर निगरानी र अनुगमन गर्न आग्रह गर्नुभयो ।
यस्तै वडाले २२ जना उत्कृष्ट किसानलाई पोलिहाउस सहित बिउबिजन समेत वितरण गरेको वडा अध्यक्ष धनबहादुर देउवाले बताए ।
देउवाले स्थानीय गोदाम बजार नजिकै भए पनि बाहिर बाट आयातित विसादीयुक्त तरकारी खानुको सट्टा स्थानीयस्तरमै आफ्नै बारीमा अर्गानिक तरकारी लगाएर लाभ लिई आफू र स्थानीय वासीलाई खुवाउन प्रेरित गर्न जोड दिए ।