डडेल्धुराः जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ६ ले स्थानिय किसानलाई पोलिहाउस बितरण गरेको छ ।
डडेल्धुरामा लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरसरकारी संस्था ग्रामिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) को आर्थिक सहयोगमा वडा कार्यालयले पोलि हाउस बितरण गरेको हो । वडा भित्रका उत्कृष्ट ६ जना किसानलाई पोलिहाउस र १ सय ५ परिवारलाई बेमौसमी तरकारीको बिउबिजन पनि बितरण गरेको छ ।
बिहिबार एक कार्यक्रमका बिच किसानलाई पोलिहाउस हस्तान्तरण गर्दै वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरीले “बाहिर बाट आयातित विसादीयुक्त तरकारी खानुको सट्टा स्थानीयस्तरमै आफ्नै बारीमा अर्गानिक तरकारी लगाएर लाभ लिई आफू र स्थानीय बासीलाई खुवाउन प्रेरित गर्न जोड दिए । साथै उनले पोलिहाउसको सही सदुपयोग गर्न पनी किसानहरुलाई आह्वान गरे ।