• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

तस्करसँगको मिलेमतोमा बनका हाकिमले लुकाएको काठ उपभोक्ताले फेला पारे

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस ११, २०८१
0
तस्करसँगको मिलेमतोमा बनका हाकिमले लुकाएको काठ उपभोक्ताले फेला पारे

धनगढीः कैलालीको बस–डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख निरञ्जन कडेलले छोडको तस्करीको काठ उपभोक्ताहरूले लुकाएको भेटाएका छन। जिल्लाको गोदावरी नगरपालिका–१ वसन्तपुरको जङ्गलबाट जागृति महिला सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरूले प्रहरीमा बुझाएको काठ डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख कडेलले कारबाहीसमेत नगरेर छोडेकोमा बिहिवार लुकाइएको भेटिएको हो।

प्रहरीले बरामद गरेर वन कार्यालयलाई बुझाएको काठ लुकाएपछि उपभोक्ताहरूले विरोध गरेका छन्। मङ्गलवार इलाका प्रहरी कार्यालय मालाखेतीले सामुदायिक वनबाट नियन्त्रणमा लिएको एक ट्याक्टरको ट्रली काठ सब–डिभिजन वन कार्यालयकै अलग–अलग स्थानमा लुकाएर राखिएको भेटिएको हो। सब–डिभिजन कार्यालय, अत्तरिया घेराउ गर्न पुगेका उपभोक्ताहरूले बिहिवार तस्करीको खयरको काठ फरक–फरक स्थानमा लुकाएको भेटाएका विशाल भट्टले बताए।

काठ सामुदायिक वनको जानकारी बिनै कारबाही नै नगरी छोडिएको थियो। विरोधमा बिहिवार सब–डिभिजन वन कार्यालय घेराउका लागि आएका उपभोक्ताहरूले नै तस्करीको काठ लुकाएको अवस्थामा फेला पारेका हुन। लुकाइएको अवस्थामा तस्करीको खयरको काठ भेटिएको जागृत महिला सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष नारु देवी खडायतले बताइन्। कारबाही नै नगरी ट्याक्टरसहित तीन जना छोडिएको र काठ लुकाइएको भेटिँदा मिलेमतो भएको उनले बताइन।

सामुदायिक वनबाट काटिएका खयर अलग–अलग ठाउँमा लुकाइएको अवस्थामा भेटिएको हो। चार गोलिया खयर फेला परेका हुन। उनले भनिन् ‘यो देखाएर तपाईँका त दाउरा मात्रै छन् भनेर काठ छैन भनेर मिलाउन खोजेका रहेछन्।’ उनले वन कार्यालयमा लुकाइएको काठ आफूहरूकै भएको र त्यसलाई पुरानो देखाउन माटो समेत दलिएको बताइन्।

स्थानीयले मिलेमतोमा वनका हाकिमले काठ काट्नेलाई उन्मुक्ति दिएको र काठ लुकाएको आरोप लगाएका छन्। वनका हाकिमकै मिलेमतोमा काठ लुकाइएको भन्दै स्थानीयहरूले सब–डिभिजन वन कार्यालयमा तालाबन्दी गर्न खोजीरहेको अवस्थामा प्रहरीले रोकेको थियो। उपभोक्ताहरूले शुक्रवार सब–डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख कडेलका विरोधमा डिभिजन वन कार्यालय, धनगढीमा उजुरी दिने योजना बनाएका छन। तर, सब–डिभिजन वन कार्यालय, अत्तरियाले पञ्चकोटी सामुदायिक वनको पर्चा काटेकाले कठसहितको ट्याक्टर र तीन जनालाई छोडेको दाबी गर्दै आएको छ। सब–डिभिजन वन कार्यालयले प्रहरीले पत्रसहित बुझाएका तीन जना, से १ त ६४४९ नम्बरको ट्याक्टर र काठलाई बुधवार छोडेको थियो।

सम्बन्धित Posts

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने
Uncategorized

डडेल्धुराको आलितालमा राष्ट्रपति रनिङ सिल्ड २५ गते देखि संचालन हुने

पुस ८, २०८२
डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने
Uncategorized

डडेल्धुराको आलितालमा १ लाख राशिको स्व. केशब सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने

पुस ८, २०८२
पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना
Uncategorized

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

फाल्गुन ५, २०८१
बाजुरामा बसको ठक्करबाट चार वर्षीया बालकको मृत्यु, चालक पक्राउ
Uncategorized

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु, गर्भवती आमा घाइते

फाल्गुन ४, २०८१
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
Uncategorized

डडेल्धुराको आलितालमा जनप्रतिनिधि बिच किचलो, ४ वडा अध्यक्ष सहित ८ जनाले निकाले विज्ञप्ती

फाल्गुन ४, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग