कैलाली : नेत्रविक्रम चन्द “विप्लव” नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको कैलाली जिल्ला समितिको १६ औं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले पार्टी केन्द्रिय कमिटीको हालै सम्पन्न १२औं बैठकले गरेका निर्यण जिल्लामा पनि दृढतापूर्वक कार्यावन्यन गर्ने निर्यण गरेको छ ।
नेकपा केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आथित्यता र कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउने को अध्यक्षतामा बिहिबार बसेको पूर्ण बैठकले राष्ट्रघाति अमेरिकी एमसीसी विरुद्ध जनसंघर्ष संचालन गर्ने समेत निर्यण गरेको छ ।जिल्लाको पार्टी बैठकमा लिइने निणर्य र संघर्षका कार्यक्रमले देशवयापीरुपमा प्रभाव पार्ने गरेको छ । यसअघि पनि संसदबाट एमसीसी पास नगर्न दवाव दिने उद्धेश्यले सो पार्टीले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ ।