डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेले उम्मेदवारहरुको टुङ्गो लगाएको छ । बुधबार बसेको वडा कमिटिको बैठकबाट सर्बसम्मत वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारको टुङ्गो लगाएको हो ।
पार्टीले वडा अध्यक्षका लागी कुम्भर बुढा, सदस्यहरुमा डम्मर कार्की, जय बहादूर बिष्ट, गंगा वलीलाई सिफारिश गरेको हो । यस्तै दलित महिला सदस्य भने टुङ्ग्याउन बाँकी रहेको बर्तमान वर्डा सदस्य तथा पुनः सदस्यका लागी सिफारिश भएका डम्मर कार्कीले जानकारी दिए । बुढा यस अघि पनि एमालेबाट निर्वाचित अध्यक्ष हुन् ।