• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

भीम रावलसँग कांग्रेस बिपीका उपसभापति र स्वतन्त्र सांसद जोशीको भेट

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८१
0
भीम रावलसँग कांग्रेस बिपीका उपसभापति र स्वतन्त्र सांसद जोशीको भेट

डडेल्धुरा: नेकपा (एमाले) को संगठित सदस्यबाट निस्कासित भएका भीम रावलले पार्टी खोल्ने तयारी गरेका छन्।

रावलले काठमाडौंस्थित निवासमै सोमबार सुदूरपश्चिमका नेताहरूसँग भेटघाट गरेका छन्।

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग छलफल गरेका हुन्।

कांग्रेस डडेल्धुरा सभापति हुँदा मल्ल र सभापति शेरबहादुर देउवाबीच सम्बन्ध बिग्रेको थियो। कांग्रेसले २०७९ वैशाख १३ गते मल्ललाई पार्टीबाट निकालेको थियो।

स्थानीय तह निर्वाचन २०७९ मा डडेल्धुराका स्थानीय तहमा कांग्रेसका विरूद्ध स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराउन लगाएको आरोपमा कांग्रेसले मल्ललाई पार्टीबाटै निकालेको थियो।

त्यसअघि २०७८ मा भएको १४ औं महाधिवेशनका बेला क्रियाशील सदस्यता वितरणदेखि नै सभापति देउवा पक्ष र मल्ल पक्षबीच मतभेद थियो।

कांग्रेसले निकालेको केही समयपछि मल्ल कांग्रेस (बिपी) का उपसभापति भएका थिए।

कांग्रेस (बिपी) का उपसभापति मल्ल काठमाडौंमा छन्। सोमबार मल्ल र स्वतन्त्र सांसद जोशीले रावलसँग कुराकानी गरेका हुन्।

रावलसँग आफू र सांसद जोशीले कुराकानी गरेको मल्लले बताए। अब नयाँ ढंगले अघि बढ्नेबारे प्रारम्भिक कुराकानी भएको उनको भनाइ छ।

‘केपी ओलीले पार्टीबाट निकालेका रावल र शेरबहादुर देउवाले पार्टीबाट निकालेको मबीच कुराकानी भएको हो,’ उनले भने, ‘नयाँ ढंगले अघि बढ्नेबारे छलफल भयो।’

रावलले पुस १७ गते पत्रकार सम्मेलन गरी केही कुरा राख्ने र त्यसपछि नयाँ ढंगले अघि बढ्न सकिने उनको भनाइ छ।

रावलसँग भेटेका सुदूरपश्चिमका स्वतन्त्र सांसद तारा जोशीले पनि प्रारम्भिक कुराकानीमात्रै भएको बताए।

‘उहाँ पार्टी खोल्दै हुनु हुँदो रहेछ, म त्यो पार्टीमा जाने वा नजानेबारे केही कुरा नै भएन,’ जोशीले भने।

जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य थिए। डडेल्धुराका उनी त्यसअघि एमाले नेता थिए। एकीकृत समाजवादीले प्रदेश सभा सदस्यको टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

पुस १० गते बसेको नेकपा (एमाले) को सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई पार्टीको संगठित सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको थियो।

त्यसपछि रावलले नयाँ पार्टी खोल्नेबारे छलफल गरिरहेका छन्। उनले देश दौडाह गर्ने र पार्टी खोल्ने तयारी गरेका छन्।

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग