काठमाडौं : सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ।
गएराति पौने ९ बजेतिर बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश घिमिरेले जानकारी दिए।
बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। चिकित्सकले उनलाई राति १० बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक घिमिरेले बताए।