• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

पश्चिम नेपालमा निरन्तर भूकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८१
0
डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
डडेलधुरा । पछिल्लो समयमा पश्चिम नेपालमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ । पुस लागेयता मात्रै पश्चिम नेपालमा ३ म्याग्निच्युडमाथिका ८ भूकम्प गएका छन् । मंगलबार बिहानमात्रै बैतडीमा भूकम्प गएसँगै १५ दिनभित्र पश्चिम नेपालमा ३ म्याग्निच्युडभन्द माथिका भूकम्प ८ पटक गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार ७ः५४ बजे बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि पनि पटक पटक बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।

यसो हुनुमा गत वर्ष जाजरकोटमा गएको भूकम्पको पराकम्प भएको भूकम्पविद्को भनाइ छ । २०८० असोज १६ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झा पश्चिम नेपालका अहिलेका भूकम्प जाजरकोट, बझाङलगायत क्षेत्रमा गएको भूकम्पको पराकम्प भएको बताउँछिन् । उनको भनाइमा जाजरकोटपछि मात्रै पश्चिम नेपालमा पाँच सयभन्दा बढी पराकम्प गइसकेका छन् ।

पश्चिम नेपालमा सञ्चय भएको शक्तिका कारणले लगातार भूकम्प गइरहेको उनको भनाइ छ । सो क्षेत्रमा पश्चिम नेपालमा पाँच सय वर्ष यता ठूलो भूकम्प गएको छैन । यसको मतलब त्यहाँको जमिनमुनि ठूलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ ।

तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने मुस्ताङमा उक्त भूकम्प गएपछि मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा ठूलो भूकम्प जान सकेको छैन । शक्ति सञ्चितिलाई आधार मान्ने हो भने उक्त क्षेत्रमा ८ म्याग्निच्यूड बराबरको भूकम्प निम्त्याउन सक्ने शक्ति सिञ्चित भइसकेको छ । यसले गर्दा पनि पश्चिम नेपालमा ४ देखि ६ म्याग्निच्यूडका भूकम्प जानु स्वाभाविक रहेको झाको भनाइ छ ।

पश्चिम नेपालमा पटक–पटक भूकम्प जानु सामान्य रहेको भूकम्पविद् डा शिव सुवेदी बताउँछन् । तर यसबाट जोगिनका लागि ‘आफू र आफ्नो परिवार जोगाउन सक्छु’ भन्ने सोचले सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

‘जोगिनका लागि पहिले नै तयारी गरेको हुनुपर्छ,’ उनले भने, ‘भूकम्प जतिबेला पनि जान्छ म र मेरो परिवारलाई बचाउन यसो यसो गर्छु भनेर सोच्नु प-यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुप¥यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ ।’

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग