• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको महाकाली नदीमा व्यवसायिक जलयात्राको सुरुवात

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८१
0
डडेल्धुराको महाकाली नदीमा व्यवसायिक जलयात्राको सुरुवात

डडेल्धुरा : नेपाल–भारत सीमा नदी महाकालीमा व्यवसायिक रुपमा र्‍याफ्टिङको सुरुवात गरिएको छ । डडेल्धुराको परशुराम नगरपालिकामा भएको दुई दिने मेयर सम्मेलनको समापनपछि महाकाली नदीमा व्यवसायिक र्‍याफ्टिङ अर्थात् जलयात्राको सुरुवात गरिएको हो । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले निजी क्षेत्रको सहयोगमा अहिले नगरपालिकासँग दुई वटा र्‍याफ्ट रहेको बताउँदै महाकाली नदीमा जलयात्रा प्रवर्धन तथा दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र पनि जारी गरिएको जानकारी दिए ।  

‘डडेल्धुराको परशुराम नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, बैतडीको दशरथ चन्द नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाले निजी क्षेत्रसंगको साझेदारीमा महाकाली नदीमा बहुउद्देश्यि जलयात्रा सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्,’ मेयर जोशीले भने, ‘परशुराम नगरपालिकाले जलयात्रा मंगलबारदेखि  र्‍याफ्टिङ सुरु गरिसकेको छ । संगै नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को सहयोगमा प्रशिक्षण पनि सञ्चालन भइरहेको छ ।’

मेयर जोशीका अनुसार महाकालीमा र्याफ्टिङ सञ्चालनका नौं वर्षअघि नै परीक्षण गरिएको थियो । ‘विश्व पानी दिवसका दिन परशुराम नगरपालिका–५ मा अवस्थित परशुराम धामदेखि कञ्चनपुरको भीमदत्त नगरपालिकाको खल्ला मसेट्टीसम्म दुई पटक नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको थियो,’ जोशीले भने, ‘अब भने व्यवसायिक रुपमा सूरु भएको हो ।’ मेयर जोशीका अनुसार महाकाली नदीमा बहुउद्देश्यि जलयात्रलाई दिगो बनाउन निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिने प्रतिबद्धता पनि चार पालिकाले गरेका छन् ।

‘नदी तटीय क्षेत्रको रोजगारीलाई प्रर्वद्धन गर्न कन्चनपुर देखि दार्चुलासम्मका धार्मिक, साँस्कृतिक र ऐतिहासिक स्थानहरुको पहिचान गरी, पूर्वाधार निर्माण कार्यमा जोड दिँदै जलयात्रालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियकरण गर्दै लैजान प्रतिबद्धता पनि व्यक्त भएको छ,’ उनले भने । परशुराम धाममा आयोजित दुई दिने मेयर सम्मेलन पनि मंगलबार सम्पन्न भएको छ ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग