• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

उम्मेदवार बन्न राजीनामा दिनुपर्ने कि नपर्ने?

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २५, २०७८
0
उम्मेदवार बन्न राजीनामा दिनुपर्ने कि नपर्ने?

काठमाडौं, चैत २५ । पदमा बहाल जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने विषयमा सर्वोच्च अदालतमा दायर मुद्दाको अन्तिम फैसला नआउदा अन्योल बढेको छ ।
निर्वाचन आयोगले गत ३ चैतमा ‘स्थानीय तह निर्वाचन आचारसंहिता २०७८’ नेपाल राजपत्रमा प्रकाशित गरेको थियो । आचारसंहितामा पदमा बहाल जनप्रतिनिधिले राजीनामापत्र दर्ता गरेको निस्सा नबुझाई उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।

आयोगले गरेको सो व्यवस्थालाई सर्वोच्च अदालतले भने तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चमा सो विषयमा मुद्दा परेर विचाराधीन अवस्थामा रहेपछि स्थानीय तहमा बहाल जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा अन्योलता बढेको हो । आयोगले भने सर्वोच्चको अन्तरिम आदेशपछि राजीनामाको साटो स्वघोषणालाई समेत मान्ने संकेत गरेको छ ।

‘आयोगले राजीनामाको विषयमा अब त्यति चासो दिँदैन, सरकारबाट पारिश्रमिक नलिएको वा लाभको पदधारण नगरेको भन्ने स्वघोषणा भने उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा नै गर्नुपर्छ,’ आयोग उच्च स्रोतले भन्यो ।

राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउनेगरी वहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’ आयोगले अब सो व्यवस्था गरिएको दफालाई नै निष्क्रिय बनाउने तयारीसमेत गरेको छ । राजधानी दैनिकबाट

सम्बन्धित Posts

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना
Uncategorized

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

फाल्गुन ५, २०८१
बाजुरामा बसको ठक्करबाट चार वर्षीया बालकको मृत्यु, चालक पक्राउ
Uncategorized

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु, गर्भवती आमा घाइते

फाल्गुन ४, २०८१
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
Uncategorized

डडेल्धुराको आलितालमा जनप्रतिनिधि बिच किचलो, ४ वडा अध्यक्ष सहित ८ जनाले निकाले विज्ञप्ती

फाल्गुन ४, २०८१
डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन
Uncategorized

डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन

माघ २१, २०८१
आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै
Uncategorized

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै

माघ २१, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

✍️ जनमुक्ति संवाददाता
असार १, २०८२
0

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

✍️ जनमुक्ति संवाददाता
जेष्ठ ३०, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग