• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

भुर्ण पहिचान गरेर असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८१
0
भुर्ण पहिचान गरेर असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो

वीरगञ्ज : पर्सा जिल्लामा गर्भपतनका औषधि खुल्लमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ।

सीमावर्ती शहर रक्सौलसँग जोडिएकाले गर्भपतनका औषधि छ्यापछ्यापी पाइने हुनाले पनि नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्।

नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुरेन्द्रप्रसाद चौधरीले सीमावर्ती शहरसँग जोडिएकाले पनि असुरक्षित गर्भपतनका गतिविधिलाई नियन्त्रण गर्न जटिलता थपिँदै गइरहेको बताए।

“गर्भपतन गराउने औषधि बेचबिखन र खरिद गर्ने दुवैलाई अनुगमनको दायरामा ल्याउन जरुरी भइसकेको छ”, उनले भने, “अनुमतिप्राप्त स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउन जरुरी हुन्छ। सो हुनसकेको खण्डमा मात्र यसको प्रभावकारिता बढ्ने थियो।”

उनले सामाजिक कारणले गर्दा पनि समाजमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने प्रवृत्ति बढिरहेको गुनासो गरे।

स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले गर्भपतनलाई परिवार नियोजनको अस्थायी साधनका रूपमा लिन नहुने बताए।

“भ्रूणको लिङ्गको पहिचान गरेर गर्भपतन गराउनु कानूनी अपराध हो”, उनले भने, “अनुमतिपत्र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी भइसकेको छ।”

असुरक्षित ढङ्गले गर्भपतन गराउनेको सङ्ख्या धेरै भए पनि स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या भने जिल्लामा निकै न्यून छ।

स्वास्थ्य कार्यालयका अनुसार आव ०८०।८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका महिलामध्ये ३१ जनाले मात्र औषधिमार्फत सुरक्षित गर्भपतन गराएका छन्। त्यसैगरी सोही उमेर समूहका १२ हप्तासम्मको गर्भ रहेका ९१ महिलाले सर्जिकलमार्फत गर्भपतन गराएका छन्।

आव ०८०।८१ मा २० वर्षमाथिका १२ हप्तामाथिको गर्भ रहेका महिलाले मेडिकल औषधिमार्फत ५३१ जनाले गर्भपतन गराएका छन्।

२० वर्षमाथिका १२ हप्ताभन्दा माथिको गर्भ रहेका ९७३ जनाले सर्जिकलमार्फत सुरक्षित गर्भपतन गराएका छन्।

नारायणी अस्पतालका नर्सिङ निरीक्षक हेमा थापाले असुरक्षित स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा जटिलता देखिएपछि मात्र ठूला सरकारी अस्पतालमा गर्भपतनको उपचार गराउन आउने अनुभव सुनाए।

“सुविधासम्पन्न सरकारी अस्पतालमा भरसक गर्भपतन गराउन आउनै चाहँदैनन्”, उनले भने, “गर्भपतन गराउँदा ठूलो खालको समस्या आएर ज्यानै जाने अवस्थामा पुगेपछि मात्रै आउने गरेका छन्। त्यसैले सरकारी स्वास्थ्य संस्थामा सुरक्षित र गोपनीयतालाई पनि ख्याल गरिने भएकाले ढुक्क भएर आउन अनुरोध  गर्छौँ।”

नर्सिङ निरीक्षक थापाले भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने परिपाटी नरोक्ने हो भने आगामी २० वर्षपछि  बुहारी खोज्न दाइजो दिनुपर्ने प्रथा हुने आँकलन गरे।

“छोरा पाउनुपर्छ भन्ने गलत मानसिकताको कारणले पनि लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने प्रवृत्ति बढ्दो छ”, उनले भने, “यस्तो प्रवृत्ति मौलाएको खण्डमा समाजमा छोराको विवाह गर्नका लागि बुहारी खोज्न निकै ठूलो समस्या हुने देखिन्छ। त्यसतर्फ ध्यान दिन जरुरी भइसकेको छ।”

सामान्यतया गर्भ रहेको १४ हप्तापछि भ्रूणको लिङ्ग पहिचान गर्न सकिन्छ। १० हप्तासम्मको गर्भपतन अनुमति प्राप्त स्वास्थ्य संस्थाबाट औषधिको माध्यमबाट गर्न सकिन्छ भने १२ हप्तासम्मको गर्भपतन दक्ष स्वास्थ्यकर्मी तथा चिकित्सकमार्फत गर्नुपर्ने हुन्छ।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाकी अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता कम हुने भन्दै थोरै सङ्ख्यामा मात्रै सुरक्षित गर्भपतन गराउन आउने बताइन्।

“विरामीले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता कम हुन्छ भन्ने जुन भ्रमको कारणले आइरहनुभएको छैन। त्यसलाई चिर्न जरुरी भइसकेको छ”, उनले भने, “विरामीको गोपनीयतालाई हामीले उच्च ध्यान दिँदै आइराखेका छौँ।”

वीरगञ्ज महानगरभित्र सुरक्षित गर्भपतन गराउने निकायमा नारायणी अस्पताल, मेरी स्टोप्स, ओम हस्पिटल र बगही प्राथमिक स्वास्थ्य केन्द्र छन्।

सम्बन्धित Posts

नेपालको आन्दोलनमा पश्चिमाको हात छ ? यसो भन्छन् अन्तर्राष्ट्रिय विश्लेषक
अन्तराष्ट्रिय

नेपालको आन्दोलनमा पश्चिमाको हात छ ? यसो भन्छन् अन्तर्राष्ट्रिय विश्लेषक

भदौ २५, २०८२
यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा
देश/राष्ट्रिय

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

असार २, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बस्दै
देश/राष्ट्रिय

आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

जेष्ठ २२, २०८२
राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय
देश/राष्ट्रिय

राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय

जेष्ठ २१, २०८२
डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
देश/राष्ट्रिय

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैशाख ११, २०८२
आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

बैशाख ११, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराको आलितालका ठगुन्ना स्कुटी दुर्घटनामा भारतमा अस्ताए

डडेल्धुराको आलितालका ठगुन्ना स्कुटी दुर्घटनामा भारतमा अस्ताए

✍️ जनमुक्ति संवाददाता
अशोज २९, २०८२
0

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना, २२ जना घाइते

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

आज पनि बर्षा हुने, सतर्क रहन आग्रह

देशभर सहित सुदूरपश्चिममा पनि बर्षा, किसान चिन्तित

✍️ जनमुक्ति संवाददाता
अशोज १८, २०८२
0

धनगढीको एक पसलमा आगलागी

डोटीको बुडरमा साँउदले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी

✍️ जनमुक्ति संवाददाता
अशोज १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग