चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तरगत हरेक वर्ष झैँ यस वर्ष पनि प्रतियोगिता सञ्चालन हुन लागेको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा नगरपालिकाका सामुदायिक र संस्थागत गरि १७ वटा विद्यालय सहभागी हुने छन ।
प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिव ९ सय बढि छात्र(छात्रा सहभागी हुने छन । प्रतियोगिता परशुराम नगरपालिका वडा.न. १२ स्थित लालढुंगाको परशुराम रङ्ग मैदानमा सञ्चालन हुने प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक देव बहादुर वोहराले बताए ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई नियमानुसार कर कट्टि गरि क्रमस ३५ हजार, २५ हजार, १५ हजार र १० हजार नगद राशी पुरस्कारसहित, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
प्रतियोगिता सव्य, भव्य र मर्यादित तवरवाट सम्पन्न गर्न ३० जनाको अफिसियल(टिम नौ जनाको स्वयंसेवक टिम र आठ जनाको आयोजक टिम बनाई जिम्मेवारी बाँडफाँड गरिएको छ । सञ्चार, सुरक्षा, स्वास्थ्यको व्यवस्थापनसमेत गरिएको उनले जानकारी दिए ।
पाँच सदस्यीय सचिवालयसमेत गठन गरि प्रतियोगिता प्रभावकारी बनाउने रणनीति तयार पारेको उनले बताए ।