• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

बझाङमा दुई जिप खसे, एकै परिवारका ३ जना सहित २ चालकको पनि मृत्यु

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
पुस १९, २०८१
0
बझाङमा दुई जिप खसे,  एकै परिवारका ३ जना सहित २ चालकको पनि मृत्यु

बझाङ: बझाङमा दुई छुट्टा छुट्टै दुर्घघटनामा परेर ५ जनाले ज्यान गुमाएका छन् ।

बझाङको तलकोट गाउँपालिकास्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनाको ज्यान गएको छ।

दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमबहादुरकी छोरी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको छ। बमबहादुरकी छोरीको भने उद्धार गरेर थप उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा उतै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको हो। जीप झन्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

यस्तै बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलमा जिप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप कोटदेवलमा सडकबाट करिब १०० मिटर तल खसेको थियो।

जिपमा चालक थापा मात्र सवार रहेको र घटनास्थलमै उनको मृत्यु भएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए।

दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग