डोटीः डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको बोगटान–फुड्सिल गाउँपालिका–२ घाटहाल्नाका भीमबहादुर बोहराको खरले छाएको घरमा आगलागी भएको हो ।
प्रहरीका अनुसार आगलागीबाट घरभित्रका भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न, काठ फर्निचर जलेर घर पूर्णरुपमा क्षति भएको छ। आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ।












