धनगढी : कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको गोदावरी नगरपालिका-३ चौकीडाँडामा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको से४प ४७३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१ ००४ प १११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले बताएको छ।
दुर्घटनामा गुलरियातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका-५ का २७ वर्षीय लोकेन्द्र पार्की र अन्दाजी ३२ वर्षीय पुरन मडैको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको हो।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके