डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिकामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ । प्रतियोगिता व्ययवस्थापनको जिम्मा जोराघाट माविलाई दिइएको छ ।
बोगटान फुड्सिल-४ स्थित जोराघाट माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिका भित्रका ९ ओटा सामुदायिक विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले गाउँपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए ।
खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताको भूमिका रहने उल्लेख गर्दै गड्सिलाले बोगटान फुड्सिल गाउँपालिले आगामी दिनमा थप विभिन्न खेलकुदहरुको आयोजना गर्ने बताए ।
प्रतियोगितामा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको पालिकाकाका प्राविधिक सहायक चेतराज बिनाडीले बताए ।
रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डी लगायतका प्रतियोगिताहरु हुने छन् ।