अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखमा ९ जनाले दाबी गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै एमालेले उम्मेदवार छनोटको कार्य अगाडि बढाएको छ ।
अत्तरिया स्थित एमालेको पार्टि कार्यालयमा बिहीबार बसेको नगरकमिटीको बिस्तारित बैठकमा नगरका ९ जनाले आ९ आफ्नो दाबी पेश गरेका हुन ।
दाबी पेश गर्नेहरुमा हालका नगरप्रमुख हरि सिँ साउद, नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट, प्रदेश कमिटी सदस्य मान बहादुर रावल, दामोदर रिजाल, जिल्ला कमिटी सदस्य गणेश जिमि साउँद, आनन्द भट्ट रहेका छन् । यस्तै तिर्थराज ओझा र नरेन्द्र शर्मा र बाजि बिक ले पनि मेयर मा दाबी पेश गरेका छ्न ।
नगर उप प्रमुखमा भने तीन जनाले दाबी पेश गरेका छन् । दाबी पेश गर्नेहरुमा शारदा रोकाया, रत्ना कुँवर ९जोशी० र गंगा चौधरी रहेका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । १२ ओटा वडा रहेको नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ९ र ११ मा एमाले, वडा नम्बर ६, ७, ८, १० र १२ मा कांग्रेस, वडा नम्बर १ मा माओवादी विजयी भएको थियो । हाल नगर उपप्रमुख समाजवादीमा रहेकी छन् भने वडा नम्बर ५ र ११ का वडाध्यक्ष पनि समाजबादीमा रहेका छन् । त्यस्तै वडा नम्बर १ मा माओवादी बाट विजयी वडाध्यक्ष एमालेमा रहेका छन् ।