डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा माघ १८ गतेदेखि नगरस्तरीय पाँचौं मेयर-उपमेयर कप प्रतियोगिता आयोजना हुने भएको छ।
यस प्रतियोगितामा पुरुष-महिला भलिबल र पुरुष-महिला क्रिकेट खेल समावेश गरिने भएको हो ।
पुस २५ गते बसेको नगरकार्यपालिका बैठकले प्रतियोगिताको मिति तय गरेको हो। प्रतियोगिताको संयोजन सामाजिक विकास समिति संयोजक तथा वडा नं. ९ का वडा अध्यक्ष देवबहादुर बोहराले गर्ने निर्णय भएको छ। यसका लागि पाँच सदस्यीय समिति समेत गठन गरिएको छ।
यो प्रतियोगिता स्थानीय खेलकुद विकासका लागि महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।











