• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

राजदूत सिफारिसमा बेखबर परराष्ट्र मन्त्रालय

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २५, २०७८
0
राजदूत सिफारिसमा बेखबर परराष्ट्र मन्त्रालय

काठमाडौँ – सरकारले बिहीबार परराष्ट्र सेवाबाट ८ र राजनीतिक सिफारिसका आधारमा १२ जना राजदूत सिफारिस गर्‍यो । ६ महिनाभन्दा बढी समयदेखि रिक्त रहेका २० देशमा सरकारले एकैपटक भागवण्डाका आधारमा राजदूत सिफारिस गरेको हो। दलीय भागवण्डाका आधारमा सिफारिस भएका १२ जनाबारे भने परराष्ट्र मन्त्रालय बेखबर रहेको पाइएको छ।

त्यसरी सिफारिस भएकाहरु कूटनीतिक ज्ञान र अनुभव भन्दा पनि प्रभावशाली नेताहरुको निकट रहेकाहरु छन्। परराष्ट्र सेवाका व्यक्तिहरुको नाम मन्त्रालयले औपचारिक प्रस्ताव लगेर सिफारिस गरिएको भए पनि राजनीतितर्फका १२ जनाको नाम भने पहुँचका आधारमा गोजीबाट नाम झिकेर सिफारिस गरिएको मन्त्रालय स्रोतले जानकारी दियो।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले देश सञ्चारसँग भने, ‘राजनीतिक आधारमा सिफारिस हुनुभएका व्यक्तिहरुको बारेमा हामीलाई जानकारी छैन। उहाँहरुको नाम मन्त्रालयमार्फत मन्त्रिपरिषद्‌मा पेश भएको होइन।’

राजनीतिक हस्तक्षेपका कारण योग्य र सक्षम व्यक्तिको हातबाट टाढा हुँदै गएको भनेर आलोचित हुँदै आएको कूटनीति सेवामा बिहीबारको घटनाले थप चिन्ता थपेको छ। सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागवण्डाका आधारमा सिफारिस भएका व्यक्तिहरु ठूला नेताका नातागोता, विश्वासपात्र र आर्थिक हिसाबले बलियो पृष्ठभूमि भएकाहरुले अवसर पाएका छन्।

माओवादी केन्द्रको कोटामा चीनका राजदूतमा सिफारिस विष्णुपुकार श्रेष्ठ कूटनीतिक अनुभव र ज्ञान नभएका व्यक्ति हुन्।

माओवादी केन्द्रको निर्वाचन विभाग प्रमुख रहेका श्रेष्ठले शिक्षण पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका थिए। अध्यक्ष प्रचण्डको विश्वासपात्र भएका कारण उनी चीनको राजदूतमा सिफारिस हुन सफल भएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले अनुभव नभएको भन्दै उनको नाममा पुनर्विचार गर्न प्रचण्डलाई आग्रह गरे पनि नमानेको स्रोतको दाबी छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ऊर्जामन्त्री पम्फा भुसालकी बहिनज्वाइँ पनि राजदूतका लागि सिफारिस भएका छन्।

अस्ट्रेलियाका लागि कैलाश पोखरेल अध्यक्ष नेपालका बहिनीज्वाइँ हुन् भने श्रीलंकाका लागि राजदूतमा सिफारिस भएका वासुदेव मिश्र भुसालकी बहिनीज्वाइँ हुन्। सहसचिवबाट रिटायर्ड भएका पोखरेललाई न्युयोर्कस्थित महावाणिज्य दूतावासमा काम गरेका थिए।

पाँच वर्ष ओमानका लागि राजदूत भएकी शर्मिला पराजुली ढकाल बिहीबार स्पेनका लागि सिफारिस भएकी छन्। प्रचण्डको प्रधानमन्त्री कालमा राजदूत भएकी ढकाललाई नेकपा कालीन अवस्थामा निरन्तरता दिइएको थियो।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष दानबहादुर तामाङ एमालेबाट माओवादी हुँदै दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस भएका छन्।

रुसका लागि राजदूतमा सिफारिस परेका मिलन तुलाधर एकीकृत समाजवादीका नेता झलनाथ खनालका निकट हुन्। मलेसियाका लागि राजदूतमा सिफारिस भएका डिल्लीराज पौडेल कांग्रेस नेता रामचन्द्र पौडेलका निकटस्थ हुन्।

त्यस्तै राजनीतिक कोटामा परेका अरु व्यक्तिहरु प्रभावशाली नेताकै सिफारिसमा परेका हुन्।

कुन देशमा को सिफारिस?
परराष्ट्र सेवातर्फ

१. घनश्याम भण्डारी– बंगलादेश

२. तीर्थराज वाग्ले– म्यानमार

३. डोरनाथ अर्याल– ओमन

४. निर्मलराज काफ्ले– ब्राजिल

५. दुर्गाबहादुर सुवेदी– जापान

६. सुशीलकुमार लम्साल– इजिप्ट

७. हरिश्चन्द्र घिमिरे– बहराइन

८. भरतकुमार रेग्मी– भियना, राष्ट्रसंघीय स्थायी नियोग

राजनीतितर्फ

१. विष्णुपुकार श्रेष्ठ– चीन

२. मिलन तुलाधर– रूस

३. शर्मिला पराजुली ढकाल– स्पेन

४. वासुदेव मिश्र– श्रीलंका

५. दानबहादुर तामाङ– दक्षिण अफ्रिका

६. कैलाश पोखरेल– अस्ट्रेलिया

७. डिल्लीराज पौडेल– मलेसिया

८. शान्ता रिजाल– इजरायल

९. ज्योति प्याकुरेल– दक्षिण कोरिया

१०. नरेशविक्रम ढकाल– कतार

११. नवराज सुवेदी– साउदी अरब

१२. रामसुरज राय यादव– डेनमार्क

सम्बन्धित Posts

यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा
देश/राष्ट्रिय

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

असार २, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बस्दै
देश/राष्ट्रिय

आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

जेष्ठ २२, २०८२
राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय
देश/राष्ट्रिय

राइड सेयरिङ नियमावली एक महिनालाई रोक्ने गण्डकी सरकारकाे निर्णय

जेष्ठ २१, २०८२
डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प
देश/राष्ट्रिय

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैशाख ११, २०८२
आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश
देश/राष्ट्रिय

आन्दोलनरत शिक्षकलाई ३ दिन भित्र विद्यालय फर्कन सर्वच्चको आदेश

बैशाख ११, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

✍️ जनमुक्ति संवाददाता
असार १, २०८२
0

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

✍️ जनमुक्ति संवाददाता
जेष्ठ ३०, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग