डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) शुदुर पश्चिम प्रदेश कमिटी सदस्य मदन सिं धामिले माओवादी केन्द्र परित्याग गरेका छन् । प्रचण्डले एमसिसि पास गरेको भन्दै चुनावको मुखमै उनले पार्टी छोडेका हुन् । उनले एक बिज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले एमसिसि पास गर्न सहयोग गरेकोले आफु उक्त पार्टी छोडि एमालेमा प्रवेश गरेको बताएका छन् । नेकपा एमाले परशुराम नगरपालिकाले आयोजना गरेको जनसभाको अबसर परि भारतबाट विज्ञप्ति जारी गर्दै पार्टी छोडेका हुन् ।
पार्टीमा भएका क्रान्तिकारी एजेण्डालाई क्रमशः छोड्दै दक्षिणपन्थीहरुसंगको अपवित्र गठबन्धनमा जोडिएर केबल सत्ता लिप्सा शक्ति र स्वार्थलाई केन्द्रमा राखेर जनताका आधारभूत सवाललाई वेवास्ता गरेको उनको आरोप छ ।
पछिल्लो समय राष्ट्रियताको सवालसंग जोडिएको एमसिसि सम्झौता बारेमा प्रचण्डले देखाएको दोधारे नितिले कार्यकर्ता र जनतालाई दिग्भ्रमित पार्ने काम मात्रै गरेको विज्ञप्तिमा उल्लेख छ । उनले भनेका छन् “प्रचण्डको परिवारवाद चरम सत्ता स्वार्थ र राष्ट्रियताको सवालमा देखिएको बिचलन तथा दोधारे चरित्रले पार्टीका मुल एजेण्डालाई परित्याग गरि दक्षिणपन्थीसंगको अपवित्र गठबन्धनका कारण आफुले सो पार्टी छोडेको एक विज्ञप्तिबाट घोषणा गरेका हुन् ।