मिना साउद/डडेल्धुरा : डडेल्धुरामा राष्ट्रिय कृषि गणना २०७८ का लागि सुपरिवेक्षक र गणकमा आज शुक्रबारबाट तालिम सुरु भयको छ । उक्त तालिमको उद्घाटन डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कृषि गणना समयन्व समितिका अध्यक्ष मोहन जोशिले गरेका थिए ।
दश जना सुपरिवेक्षक र अठ्तिस कृषि गणक सहभागी रहेको तालिम सुपरिवेक्षक र गणकलाई कसरी तथ्यांक संकलन गर्ने लगायतका विषयमा सिकाइदै छ ।
उक्त तालिम गणकको आउदो बैशाख २ गते सम्म र सुपरिवेक्षकको तालिम बैशाख ३ गते सम्म चल्ने जनाएको छ ।